संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुन्छः नेता खनाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा सबै जातजाति, समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व इदउल अजहा (बकर इद)को अवसरमा उहाँले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । मुस्लिम समुदायले मनाउने इदपर्वले एकापसमा मेलमिलाप, भातृत्व तथा सामाजिक सद्भाव वृद्धि गरी सामाजिक विविधताभित्र एकताको भावना विकास गर्ने विज्ञप्तिमा भनिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउन सकिने जनाउँदै विज्ञप्तिमा एकापसमा सहअस्तित्वका साथै प्रगति गर्न यो पर्वले उत्प्रेरित गर्ने उल्लेख गरिएको छ ।

समाजको मौलिक संस्कृति र रहनसहनलाई संवर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन हुने अपेक्षा व्यक्त गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?