काठमाडौंं । अष्ट्रेलिया निवासी वैज्ञानिक एवं गैरआवासीय नेपाली संघ(एनआरएनए) को सीप, ज्ञान तथा नवप्रवर्तन विभागअन्तर्गतको नेपाल साइन्स फाउण्डेसनका संयोजक डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)द्वारा स्थापित पुरष्कारबाट सम्मानित हुने डा. अधिकारी पहिलो गैरआवासीय नेपाली हुनुहुन्छ । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गर्नुभएको उक्त पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीका तर्फबाट ग्रहण गर्नुभएको हो ।
एनआरएनएका अनुसार स्वास्थ्य, कृषि, विद्युत् प्रवाहकीय, ओएलइडी खाद्यपदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकासका साथै विदेशमा रही नेपाल साइन्स फाउण्डेसन ट्रष्टलगायतका संस्थामार्फत् संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्वविद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरूसँग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा मुख्य योगदान रहेको छ । दाङको देउखुरी मुसुरियाका डा. अधिकारी हाल अष्ट्रेलियाको सिएसआइआरओ र आरएमआइटी विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत हुनुहुन्छ ।
डा. अधिकारीका २६ वटा पेटेन्ट दर्ता भने एक सयभन्दा बढी अनुसन्धानात्मक सामग्री प्रकाशित छन् । उहाँले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ । उहाँले सन् १९८७ देखि १९९१ सम्म तत्कालीन नाष्टको केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखका रूपमा पनि काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच