लैनचौर तेक्वान्दो डोजाङलाई च्याम्पियन ट्रफी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक लैनचौर तेक्वान्दो डोजाङ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ ।  शनिबार सम्पन्न प्रतियोगितामा टिम च्याम्पियन बनेको लैनचौरले १२ स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।

लैनचौर खेल मैदानमा भएको प्रतियोगितामा माउन्ट लार्के दुई स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ दोस्रो भयो । त्यस्तै दुई स्वर्ण, तीन रजत र सात कांस्य पदकसहित धर्मस्थलीले तेस्रो स्थान हात पार्याे  ।

प्रतियोगताको पुरुषमा लैनचौरका सुगम भुजेल तथा महिलामा कार्भेस्थलीकी जमुना मगर उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजक, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख गौरव रजकले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?