पोखरा । हिमाली सांस्कृतिक परिवार, पोखराले संस्थाका प्रमुख संरक्षक, संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीको अवसर पारेर चेतन कार्की स्मृति सन्ध्या सम्पन्न गरेको छ ।
सो अवसरमा परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, डा. जगमान गुरुङ, कवि मुरारी सिग्देल, बाबा राणा, आनन्दराज मुल्मी लगायतले कार्कीले पोखराको सांस्कृतिक उन्नयनमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
पोखरामा सम्पन्न कार्यक्रममा चेतन कार्कीको शब्दमा रहेका कालजयी गीत तथा नृत्य स्थानीय कलाकारहरूले प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच