काठमाडौं । २६औं राष्ट्रिय खुला तथा उमेर समूहमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल स्वस्तीश्री गुरुकुलका अजलकाजी श्रेष्ठले नेपाल पौडी संघद्वारा राष्ट्रिय कीर्तिमान कायम गरेबापत प्रदान गर्ने नगद ५०० हजारले सम्मान गरेको छ । उहाँलाई प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरीकाजी महर्जनले पुरस्कृत गर्नुभयो ।
नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको खुलातर्फ २०० मिटर फ्रिस्टायलमा अथर्व सिंहले स्वर्ण जित्नुभयो । उहाँले २ मिनट ५.२७ सेकेण्डमा दूरी पूरा गर्नुभयो । दोस्रो स्थानमा निसर्गका सुविज्ञ मान तुलाधर र तेस्रो स्थाना निसर्गकै सनिलकुमार थापामगर रहनुभयो ।
पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा विकास कुमालले ३१.३९ सेकेण्ड समयकासाथ स्वर्ण हात पार्नुभयो । दिपंकर अवालेले रजत र प्रिमियरका इरभिन श्रेष्ठले कास्य जित्नुभयो । पुरुष १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ४.०३ सेकेण्ड समयका साथ निसर्ग बाटिकाका जाडेन श्रेष्ठले स्वर्ण जित्नुभयो । दोस्रो स्थानमा अथर्व सिंह र तेस्रो स्थानमा आरोन भण्डारी रहनुभयो ।
पुरुष १०० मिटर बे्रष्टस्ट्रोकमा दिपंकर अवालेले स्वर्ण जित्नुभयो । उहाँले विकास कुमाललाई रजतमा खुम्चाउन सफल हुनुभयो । अथर्व सिंहले कास्य पदक पाउनुभयो । पुरुषको ५० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजलकाजी ताम्राकारले २४.३९ सेकेण्ड समयकासाथ आफ्ना लागि तेस्रो स्वर्ण जित्नुभएको थियो । उहाँले प्रतियोगिताको पहिलो दिन दुई स्वर्ण जित्नुभएको थियो । प्रिमियरका इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाउनुभयो ।
महिला १०० मिटर बटरफ्लाइमा मेगन गुरुङले एक मिनट १७.२८ सेकेण्ड समयकासाथ स्वर्ण जित्नुभयो । स्वस्तीश्रीकी आहना मर्जनले रजत र लिटल एन्जल्सकी काभ्या श्रेष्ठले कास्य जित्नुभयो ।
महिला १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीकी अनुसिया तण्डुकारले १ मिनट २.८९ सेकेण्ड समयकासाथ स्वर्ण हात पार्दा मेगन गुरुङले रजत र प्रिमियरकी रोशा न्यौपानेले कास्य हात पार्नुभयो । महिला ५० मिटर बटरफ्लाइमा ३२.५२ सेकेण्ड समयकासाथ प्रिमियरकी रोशा न्यौपानेले स्वर्ण जित्नुभयो । मेगन गुरुङले रजत हात पार्दा सेन्ट मेरी स्कुलकी देभान्सी जोशीले कास्य जित्नुभयो ।
महिला ५० मिटर ब्रेकस्ट्रोकमा आर्या महर्जनले स्वर्ण जित्नुभयो । उहाँले उक्त दूरी ३४.५४ सेकेण्ड समयमा पूरा गर्नुभयो । निसर्गकी बैनभी श्रेष्ठले रजत र मिल्सवेरीकी सिसोम्बुन राईले कास्या जित्नुभयो । विजयी खेलाडीलाई प्रमुख अतिथि ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच