सात वर्षपछि हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी राष्ट्रिय प्रसारणलाइनको निर्माण कार्य सुरु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । सात वर्ष देखि रोकिएको राष्ट्रिय प्रसारणलाइनको हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी राष्ट्रिय प्रसारणलाइनको निर्माण कार्य सुरु भएको छ । बुधबार लालबन्दी नगरपालिका-१२, जियाजोर क्षेत्रमा सुरक्षा बेस राखेर प्रसारणलाइनको पोल निर्माण काम सुरु गरिएको आयोजनाले जनाएको हो ।

पटक-पटकको छलफलबाट स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । योभन्दा अघि फलफल भएर मुआब्जा निर्धारण भएको र सोहीअनुसार वितरण भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । पटक-पटकको छलफलबाट स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

योभन्दा अघि छलफल भएर मुआब्जा निर्धारण भएको र सोहीअनुसार वितरण भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयाे । केन्द्रीय निर्देशनअनुसार स्थानीयसगँको सहकार्यमै काम अगाडि बढाइरहेको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयाे।

यस रुटअन्तर्गत जियाजोर क्षेत्रमा मात्र पोल निर्माण बाँकी रहेको हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी राष्ट्रिय प्रसारणलाइनको आयोजना प्रमुख श्याम कुमार यादवले जानकारि दिनु भयो । यस प्रसारणलाइनले नेपालको उत्पादित विद्युतलाई पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने उल्लेख छ । निर्माण समयमै सम्पन्न नभए एकातर्फ उत्पादित विद्युत् खेर जाने र अर्कोतर्फ लोडसेटिङको समस्या व्यहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाकाले जनाएको छ ।

स्थानीयले हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी प्रसारणलाइन खेतमाथिबाट लगेको भन्दै अवरोध गरेका थिए । उनीहरुले प्रसारणलाइनको रुट (बाटो) परिवर्तन गर्न माग गरेका छन् । प्रसारणलाइनले आफूहरूको खेत नोक्सान भएको स्थानीयको दाबी छ । खेतमाथिबाट चार सय केभी प्रसारणलाइन विस्तार भएपछि जग्गाको मूल्य कम हुने, प्रसारणलाइन तलका खेतमा उत्पादनसमेत कम हुने उनीहरूको बुझाइ छ ।

त्यसकारण किसानहरूले रुट परिवर्तन वा सबै जग्गा खरिद गर्नुपर्ने माग गरेका हुन् । आयोजनाको लाइन विस्तार रुट परिवर्तन गर्नुपर्ने वा आफूहरूको सबै खेत आयोजनाले मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ । यता प्रसारणलाइन आयोजनाले पोल गाडिएको स्थानको मात्र मुआब्जा दिने नियम रहेको जनाएको छ ।

माथिबाट तार परेको स्थानमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा मूल्यांकन समितिले गरेको निर्णयअनुसार क्षतिपूर्ति तिर्ने गरेको जनाएको छ । पोल निर्माणस्थलमा परेको जग्गाको जिल्ला मुआब्जा समितिले यसअघि नै मुआब्जा वितरण गरिसकेको जनाएको छ । केही स्थानीयले मुआब्जा स्वीकार गरे पनि केहीले अझै लिएका छैनन् । स्थानीयले मुआब्जाभन्दा पनि रुट नै परिवर्तन गर्नुपर्ने मागले समाधानमा कठिनाइ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्राविधिक सर्वेक्षणले रुट परिवर्तनको सम्भावना नरहेको आयोजनाले जानएको छ । केन्द्रको निर्देशनअनुसार नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा २७ जना र सशस्त्र प्रहरीका २५ जनाको टोली निर्माणस्थलमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?