काठमाडौं । शाओमीले नेपालमा रेड्मी ए थ्री लन्च गरेको छ । रेड्मी ए थ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअप झनै विस्तार गरेको छ । रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअपसहित उपलब्ध हुनेछ ।
१० वाट फास्ट चार्जिङ ब्याट्रीसाथ रेड्मी ए थ्रीलाई युएसबी टाइप सीमा चार्ज गर्न सकिनेछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुर्ईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध स्मार्टफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधा उपलब्ध छन् । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘ग्राहकमाझ रेड्मी ए थ्री प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेरासाथ रेड्मी ए थ्रीमा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचर उपलब्ध छ ।’
चार जिबी र्याम (चार जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको (एक टिबीसम्म बढाउन सकिने) रेड्मी ए थ्री तीन जिबी प्सस ६४ जिबी र चार जिबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । तीन जिबी प्लस ६४ जिबी र चार जिबी प्लस १२८ जिबीको मूल्य क्रमशः ११ हजार नौ सय ९९ र १२ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच