युवराज र अनुष्काको स्वरमा ‘भो मलाई चाहिन्न’

Read Time = 1 min

काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘भो मलाई चाहिन्न’ सार्वजनिक भएको छ । गायक चौलागाईंको नै संगीत, कौशिला खनाल कर्माचार्य शब्द, श्यामश्वेत रसाइलीकोे संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजिव समरद्वारा निर्देशित तथा कोरियोग्राफी गरिएको गीतको भिडियोमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको जोडीलाई फिचरिङ गरिएको छ ।

दिनेश पराजुलीद्वारा छायांकन गरिएको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । गीतको भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?