सात सय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?