गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैन : सांसद कार्की

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताउनुभएको छ ।

मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सत्तँ गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताउनु भयो । उहाँले यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्ने बताउनु भयो । उहाँले इतिहासले दिएको जिम्मेवारी र जनताको चाहनाअनुसार गठबन्धन चलिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बीचमा अलिकति गडबढ पनि भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो । गठबन्धनको सम्बन्धमा अहिले हामीले नयाँ किसिमको कन्फ्युजन क्रिएट गरेर मुलुकलाई दुविधिमा राख्नु हुँदैन ।’

सांसद कार्कीले इतिहासले दिएको जिम्मेवारीअनुसार नै सरकारले काम गरिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?