‘आऊन साथी आऊ’ भन्दै मोहन

Read Time = 2 mins

काठमाडौं । पत्रकार मोहन कार्की गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँले रचना गरेको पछिल्लो राष्ट्रिय गीत ‘आऊन साथी आऊ’को भिडियो पनि निर्माण भएको छ । जन आकाश साप्ताहिकका प्रधान सम्पादकसमेत रहनुभएका कार्कीको यो गीतमा रामकृष्ण थापाको संगीत संयोजन छ भने बिनोद दनुवारको स्वर छ । दनुवारलाई रमेश पाठक, मनु दाहाल, उषा गजुरेलले स्वरमा साथ दिनुभएको छ ।

रामेछापका पत्रकार रामचन्द्र विक र काठमाडौंमा विजय जिरेलले छायांकन गरेको गीतको भिडियोमा सुवास गजुरेल (श्रीराम), उत्तम केसी, सित्तल केसी, सविता खड्का, लक्ष्मीनाथ तिमल्सिना, श्रीराज कार्की, उद्धवलाल श्रेष्ठ, कल्पना कार्की, श्रुती कार्की, प्रतिक्षा राई, प्रतिषा तामाङ, सोनिका बुढामगर, गायत्री पाण्डे, बाल कलाकार आर्य शाही ठकुरीलगायतको अभिनय छ ।

जन आकाश मिडियाको युट्युब च्यानलमार्फत सार्वजानिक गर्न लागिएको गीतको भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?