पोष्टरमा ‘महापुरुष’, तिहारमा प्रदर्शन हुने

Read Time = 1 min

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । दुई औपचारिक पोष्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई प्रदर्शन मिति तय गरेको हो । चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ ।

एक पोष्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिनुभएको छ । अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । चलचित्रमा महजोडीसहित गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रूपमा हुनुहुन्छ । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित चलचित्रलाई दिपेश खत्रीले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?