विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका-७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका-१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको रोल्पा नगरपालिका-१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका-१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका-२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?