लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताउनुभयाे । उत्पादित सौर्य ऊर्जालाई मध्यमर्स्याङ्दीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन भएसँगै जिल्लाबासी र राष्ट्रिय विद्युत वितरणमै ठूलो राहत पुग्ने आयोजनाको विश्वास छ ।

सौर्य विद्युत उत्पादनका निम्ति जर्मन सरकारले जर्मनी बैंक केफए डब्लूमार्फत नेपाल विद्युत प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भएको हो । हाल विद्युत् उत्पादन हुँदै आएको ७० मेगावाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि जर्मन सरकारकै सहयोगमा निर्माण भएको हो ।

बेसीसहर नगरपालिका-११ अन्तर्गत मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?