काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्रसहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते काठमाडौंमा हँुदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै मास्केले एक महिनाअघि नै उम्मेदवारी घोषणा गर्नुभएको हो । मास्केले उम्मेदवारी घोषणा कार्यक्रममा नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रमसमेत प्रस्तुत गर्नुभएको थियो ।
उहाँको घोषणापत्रमा भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रम समेटिएका छन् । उहाँले नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि आफू नेतृत्व आउन चाहेको दाबी गर्नुभयो ।
उहाँले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौंसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवासुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भलिबल विकासका लागि आफ्नो प्रतिबद्धता रहेको बताउँदै मास्केले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारमा केन्द्रित रहने जनाउनुभयो । मास्के कार्यसमिति सदस्यको रूपमा १६ वर्ष अघि संघमा प्रवेश गर्नुभएको थियो ।
उहाँको घोषणा कार्यक्रममा संघका पूर्वअध्यक्षहरू दानबहादुर तामाङ, गंगाबहादुर थापा, प्रकाश थपलिया तथा सुदूरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह, प्रदेश एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायत भलिबल सम्बद्ध अधिकारीले मास्केलाई समर्थन र शुभकामना दिनुभएको थियो ।
संघका पूर्वअध्यक्ष दानबहादुर तामाङले भलिबलमा मास्केले अनवरत रूपमा योगदान गर्दै आएको उल्लेख गर्दै नेतृत्वमा जिताएर न्याय दिने समय आएको बताउनुभयो । उहाँले सबैजना लागेर महिला नेतृत्वको रूपमा अघि सरेकी मास्केलाई जिताउन अपिल पनि गर्नुभयो । भलिबल संघलाई केही व्यक्तिले निजी स्वार्थमा चलाइरहेको उल्लेख गर्दै तामाङले आफ्ना मान्छेलाई मात्र अवसर दिने प्रचलन रहेको गुनासो गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच