डाबर वाटिका तीज फेस्टिबल सुरु

Read Time = 1 min

काठमाडौं । १९औँ डाबर वाटिका तीज फेस्टिबल सिर्जनशील महिला उद्यमी मेला-२०७९ सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा शुक्रबारदेखि सुरु भएको मेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्घाटन गर्नुभएको हो ।

महिला सिर्जनशील केन्द्रले महिला उद्यमीद्वारा उत्पादित सामान बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यसाथ मेला आयोजना गरिएकोे मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताउनुभयो ।

मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । मेलामा नेपालमै उत्पादित साडी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलालगायत राखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?