जनकपुरधाममा भ्रष्टाचार विरुद्वको कार्टुन प्रदर्शन, ‘एक कार्टुन हजारको मनोभावना हो’

Read Time = 3 mins

-पुरन साह

जनकपुरधाम । भ्रष्टाचार विरुद्व देशकै चर्चित कार्टुनिष्टहरुले बनाएको रोचक कार्टुनहरु जनकपुरधाममा प्रदर्शन गरिएको छ । कार्टुनिष्ट क्लव नेपालको आयोजनामा जनकपुरधाममा भएको एक कार्यक्रममा भ्रष्टाचार विरुद्व देशकै चर्चित कार्टुनिष्टहरुले बनाएको रोचक कार्टुनहरुको प्रदर्शनी गरिएको छ । प्रदर्शन भोली आइतवार सम्म नेपाल बार एशोसिएसनको सभाहलमा चल्ने छ ।

कार्यक्रममा सहभागि मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका तल्लो तहमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले देशमा हाल दिउँसै रात देख्ने गरि भ्रष्टाचार भइरहेको तर्क गर्नुभयो । मन्त्री साहले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान वेथितिहरु विरुद्व अहिले कार्टुनिष्टहरु समाचार र लेख भन्दा पनि प्रभावकारी कार्टुनहरु बनाएर सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा बामपन्थी नेता रोशन जनकपुरी हजारौ व्यक्तिहरुको मनको भावना एउटै कार्टुनमा झल्किने भएको हुँदा कार्टुनलाई मनोरञ्जनका साधनका रुपमा मात्र लिनु समाजका लागि हितकार नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो एक सम्पुर्ण जनचेतना हो, समाचार र फोटो भन्दा पनि रोचक टुल हो ।’ क्लवका सदस्य केशवराज खनालले भ्रष्टाचार विरुद्व जनजागरणका लागि देशव्यापी रुपमा यस्ता कार्टुनहरु लिएर पुग्ने क्रममा मधेशको राजधानी जनकपुरधाम आइपुगेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार किरण कर्ण, अवधेश कामत, राजेश सक्सेना, अनिल पासवान र सुधिरा कर्ण सहितको उपस्थिती थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?