उठ्न थाले उपत्यकाको फोहोर, ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडातर्फ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताउनुभएको छ ।

कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ’, मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘थुप्रिएका फोहोरहरूको व्यवस्थापन नभई अन्य विकल्पहरूमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौं ।’ अन्यथा फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइएको र तिनलाई कार्यान्वयन गर्न हदैसम्म प्रयास गरिने मेयर साहले बताउनुभएको छ ।

आफूहरूको अन्तिम लक्ष्य कसैले फोहोरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहोर व्यवस्थापन गर्नु रहेको साहले बताउनुभएको छ ।

यसैबीच, काठमाडौं उपत्यकाको फोहोर लिएर थप गाडी बञ्चरेडाँडा लागेका छन् । कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इञ्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १५२ गाडी फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा बिसर्जन गरिएको जानकारी दिनुभयो ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?