राष्ट्रिय आर्थिक मासिकको १२औं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय आर्थिक मासिक पत्रिकाले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । पत्रिकाले मुलुकको विकास र समृद्धिमा योगदान पुर्‍याउने तथा सामाजिक सेवामा सक्रिय रहेका विभिन्न विशिष्ट व्यक्तित्वलाई सम्मानित गरेको हो । कार्यक्रम प्रमुख अतिथिको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, विशिष्ट अतिथिहरूमा पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वगृहमन्त्री शक्ति बस्नेत रहनुभएको थियो ।

सो अवसरमा सम्मानित हुने व्यक्तित्वहरूमा नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणा, लोकगायक कुमार बस्नेत, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना जनसरोकार समितिका अध्यक्ष/संयोजक दिव्यध्वज कार्की, वरिष्ठ पत्रकार बबिता बस्नेत, बैंकर प्रद्युमन पोख्रेल, बैंकर प्रवीण बस्नेत, राजधानी दैनिकका सम्पादक सागर पण्डित, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, इञ्जिनियर ऋषि कोइराला, युवा उद्यमी एवं सहकारीकर्मी राजकुमार खड्का र शिक्षासेवी डिएन अधिकारी रहनुभएको थियो । पत्रिकालाई निरन्तर सहयोग गर्दै आउनुभएका कमल पन्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीले नेपालले अहिले उत्कृष्ट शासन व्यवस्था अंगिकार गरेपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउने सामूहिक सोच नेपालका राजनीतिक नेतृत्वमा विकास हुन नसकेको बताउनुभयो । एमाले सरकारको पालामा अघी सारिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ कार्यक्रमको अवधारणालाई अहिलेको गठबन्धनले स्वीकार्न नसक्नुले नेपाल समृद्ध बनेको देख्न चाहने सोच अहिलेका राजनीतिक दलहरूमा नभएको उहाँको जिकिर थियो ।

आर्थिक मासिक पत्रिकाका प्रधानसम्पादक तथा प्रकाशक पुष्कर बस्नेतले सोही समारोहमा आफ्ना स्वर्गिय पिता तोपबहादुर बस्नेतको नाममा ‘तोपबहादुर बस्नेत’ स्मृति कोष स्थापनाको घोषणा गर्नुभएको छ ।

सो कोषमार्फत गरिब विपन्न, अनाथ, अपांग र दिनदुखीलाई आर्थिक सहायता प्रदान गर्ने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने लक्ष्य राखिएको बस्नेतले जानकारी दिनुभयो । कोषका अध्यक्षको रूपमा पुष्करकी आमा विष्णुकुमारी बस्नेत रहनुभएको छ ।
बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ट पत्रकार वविता बस्नेत, जलस्रोतविद् दिव्यध्वज कार्की, टानका अध्यक्ष खुम सुवेदी, एमालेका युवा नेता श्याम बस्नेतलगायतले वार्षिकोत्सवका अवसरमा शुभकामना दिनुका साथै पत्रिकाले गरेका कार्यको प्रसंशा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?