हरिप्रसाद-कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान

Read Time = 2 mins

काठमाडौं । हरिप्रसाद-कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले राजधानीमा एक कार्यक्रम आयोजनागरी संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा २०७७ सालको हरिप्रसाद-कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नूपुर भट्टाचार्य, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट रंगकर्मी सुनील पोखरेल र हरिप्रसाद-कल्याणी रिमाल विशेष सञ्चार सेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँलाई सम्मान गरिएको छ ।

यस्तै, २०७८ सालको सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, विशेष सञ्चार सेवाबाट विदुर गिरी, नाट्य संगीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया र विशेष नाट्य संगीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मालाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), संस्थाकी संरक्षिका कल्याणी रिमाल, कार्यक्रमका सभापति तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार अर्पण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?