काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।
५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म मागबमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन दिन समय थप हुनेछ ।
लगानीकर्ताले मेरोसेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच