स्थानीयको अवरोधका बीच फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

Read Time = 2 mins

काठमाडौं । अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो ।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उहाँले भन्नुभएको छ ।

काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

साथै उहाँले प्रचण्डलाई सम्बोधन गर्दै बालेनले ककनीको बाटो नबनाउने घरबेटीको अंगरक्षक जस्तो बसेर कुन नैतिकताले देश बनाउँदै छु भनेर भन्नसक्नुभएको भनेर प्रश्न समेत गर्नुभएको छ ।
'श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?