सांग्रिलाको मुद्दती धमाका योजना

Read Time = 1 min

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रिला मुद्दती धमाका नामक योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् । मुद्दती योजनाअन्तर्गत बचत रकमअनुसार चार गुणा, पाँच गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

ग्राहकले आफ्नो बचत रकमको १२ वर्ष दुई महिना १४ दिनमा चार गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोहीअनुसार १४ वर्ष दुई महिना एक दिन र २० वर्ष तीन महिना १४ दिनमा क्रमशः पाँच गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था रहेको छ । बचत रकममा कर्जा लिने र दिने दिनसम्म पुँजीकरण गरिएको व्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?