दार्चुलामा जीप दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

Read Time = 1 min

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गोकुलेश्वरबाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताउनु भयो ।
मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहेपनि उनीहरुको पहिचान नभएको उहाँले बताउनु भयो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उहाँले बताउनु भयो ।

दुर्घटनामा परी जीप चालक र सह–चालक सहति ८ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?