यी हुन् सबैभन्दा धैरै दिन संसद नजाने १५ सांसद

Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गर्नुभएको छ ।

लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद हुनुहुन्छ। जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत ३ जेठदेखि २१ जेठसम्म अनुपस्थित रहनुभएको छ ।

यसैगरी स्वास्थ्योपचारका लागि भारत जाँदा प्रदीप गिरि ३ जेठ ३० असारसम्म, अमेरिका भ्रमणका लागि भन्दै तुल्सी थापा ८ जेठदेखि २२ जेठसम्म र वास्थ्योपचारका लागि भारत जान गंगा चौधरी ३ जेठदेखि १५ जेठसम्म संसद बैठक अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार घरायसी कामका लागि १२ जेठदेखि २ असारसम्म धर्मशीला चापागाइँ, श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म रघुवीर महासेठ, स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म जुली कुमारी महतो, कार्यक्रममा सहभागी हुन अमेरिका जान २६ जेठदेखि १० असारसम्म शान्ता चौधरी, स्वास्थ्योपचारका लागि भारत जान ३ जेठदेखि ३० असारसम्म कर्मा घले र अस्वस्थको कारण देखाएर ३ जेठदेखि १७ जेठसम्म सुरेशचन्द्र दास संसद बैठकमा अनुपस्थित रहनुभएको छ ।

यस्तै अस्वस्थ भएर ११ जेठदेखि १७ जेठसम्म शिवकुमार मण्डल, अस्वस्थ भएर १ असारदेखि ३१ असारसम्म निर्जला राउत, निजी कामका लागि अमेरिका जान ३ साउनदेखि २२ भदौसम्मका लागि नवराज रावत बिदामा रहेका सभामुख सापकोटाले जानकारी दिनभुएको छ।

उहाँका अनुसार व्यवसायिक कामका लागि नेपाल बाहिर रहन १५ असारदेखि तीन हप्ता विनोदकुमार चौधरी बिदामा बस्दा बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमणका लागि ३ जेठदेखि ३१ असारसम्म नागेन्द्र कुमार बिदामा बस्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?