भुकम्प पीडितका लागि बर्दियाका पालिकाबाट ५० लाखभन्दा बढिको सहयोग

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । जाजरकोट र रुकुममागएको भुकम्प पीडितहरुका लागि बर्दियाका स्थानियतहले ५० लाख रुपैया बराबरको आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । कात्तिक १७ गते शुक्रवार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्प प्रभावितहरुको खोज , उद्धार, उपचार, पुनर्स्थापना, पुननिर्माण लगायतका कार्यमा सहयोग पुग्ने उद्देश्यका साथ बर्दियाका पालिकाहरुले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जाजरकोटमै पुगी जम्मा गरेका हुन् भने केहि पालिकाले खाद्यान्न सहयोग गरेका छन् ।

गुलरिया नगरपालिकाले १०लाख रुपैया बराबरको खाद्यान्न सहयोग गरेको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनु भयो । उहाँकाअनुसार पालिकाले रकम बराबरको चामल खरिद गरी जाजरकोट हस्तान्तरण गरिएको बताउनु भयो । यसै गरी बारबर्दिया नगरपालिकाले नगरप्रमुख छबिलाल थारुको टोली जाजरकोटमै पुगेर ५ लाख २५ हजार नगद सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत टीकानाथ गोसाइले बताउनु भयो ।

गेरुवा गाँउपालिकाले ५ लाख २५ हजार रुपैया सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको अध्यक्ष जमानसिंह केसीले बताउनु भयो ।

बढैयाताल गाँउपालिकाले ३ लाख रुपैया बराबरको खाद्यान्न सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो । मधुवन नगरपालिकाले ५ लाख रुपैया सहयोग गर्ने कार्यपालिकाले निर्णय गरेको प्रवक्ता मेघबहादुर गुरुङ्गले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाले पालिकामा रहेको संघ संस्था शिक्षकलगायतको सहयोगमा १० लाख रुपैया सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनु भयो । बाँसगढि नगरपालिकाले १ सय क्युन्टल चालम सहयोग गरेको नगर उपप्रमुख इन्दिरा चौधरीले बताउनु भयो । राजापुर नगरपालिकाले जाजरकोट र रुकुमका लागि २ सय कुन्टल चामल र २ सय ५० किलो दाल भुकम्प पीडितका लागि उपलव्ध गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?