नेपाल-म्यानमार उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य सङ्घले शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न सङ्घको १२औँ साधारणसभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी रहनुभएको छ ।

सदस्यमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सिर्जना सुवेदी र मुकुन्दप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको सङ्घले जनाएको छ । कार्यक्रममा नेपालस्थित म्यानमारका राजदूत यु सेन ओले म्यानमारको याङ्गुनबाट नेपाल उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभएको थियो ।

म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकासको प्रचुर सम्भावना रहेको बताउनुभयो । निर्यातका लागि जडीबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?