लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम २७ सय विद्यालयका ४१ हजार विद्यार्थी लाभान्वित

Read Time = 7 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेश सरकार परिबर्तन संगै मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षालाई पहिलो प्राथमिकता दिएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गर्नुभयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमवाट शिक्षालाई सुधार गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको कार्यक्रमले २ हजार ७ सय ७९ विद्यालयका ४१ हजार विद्यार्थी लाभाविन्बत भएका छन् । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम नमूना योग्य भएकोले यसलाई अझै निरन्तर सञ्चालन गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

मुख्यमन्त्रीको आफ्नो गौरवको आयोजनाको रुपमा लिइएको शैक्षिक सुधार कार्यक्रम मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अमरबहादुर डाँगीले मुख्यमन्त्रीको सपना भनेको शिक्षा क्षेत्रबाट आमूल परिवर्तनको सम्भव भएको बताउँदै त्यसका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको मुख्यमन्त्रीले सपना अगाडि बढाएको बताउनु भयो ।

उहाँले प्रदेशको शैक्षिक स्तरलाई माथि उठाउनको लागि कार्यक्रमको महत्वपूर्ण योगदान गरेको बताउँदै त्यसलाई आगामी दिनमा अझै निरन्तरता रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले शिक्षालाई नयाँ उचाईमा उठाउँनका लागि प्रदेश सरकारले कार्यक्रम अगाडि सारेको बताउँदै त्यसलाई कार्यन्वयनको अवस्थामा अगाडि बढाउँदा आउने चुनौतिहरुसँग सामाना गर्दै अगाडि बढ्न पर्ने बताउनु भयो ।

राष्ट्रको विकासका लागि शैक्षिक क्षेत्रको विकास नै पहिलो आधार भएकोले गर्दा आफ्नो कार्यकालमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागि गरिएको मुख्यमन्त्री केसीले बताउनु भयो ।

उहाँले मानिस र समाज सुधार गर्नु छ भने शैक्षिक क्षेत्रको विकास र सुधार गर्न आवश्ययक छ त्यसैले हामी बालबालिकाको भविस्यलाई सुन्दर बनाउनको लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले यो कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनु भयो । शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुनमगरले प्रदेशका जिर्ण, अभावमा रहेका विद्यालयहरुको विकासका लागि यस कार्यक्रमको पहिलो उद्धेश्य रहेको बताउनु भयो ।

शैक्षिक सुधार कार्यक्रमका निर्देशक पुनले विद्यार्थी मैत्री विद्यालय निर्माण गर्ने, विद्यालयको रंग रोवन, विद्यालयमा बगैचा, खानेपानी, फिल्ड निर्माण, कक्षा कोठा निर्माण, शैक्षिक सामाग्री वितरण, पोशाक तथा अन्य सामाग्री प्रदान गरिएको बताए।यो कार्यक्रममा गाउँपालिकामा ६० लाख, नगरपालिकामा ७० लाख र उपमहानगर पालिकामामा ८० लाख विनियोजित गरिएको बताउनु भयो ।
कसरी विद्यालय छनोट गरिएको थियो निर्देशक पुनले भने आन्तरिक श्रोत न्यून भएका, विद्यार्थी संख्या कम भएपनि गाभिन नसक्ने, राज्यको कम प्राथमिकता परेको विद्यालयहरुलाई प्राथमिकतामा पारी छनौट गरिएको बताउनु भयो । लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई ६९ करोड ४० लाख बजेट बिनियोजन भएको मा ६४ करोड २० लाख ३८ हजार खर्च भएको पुनले जानकारी दिनुभयो । साथै प्रदेशका १२ जिल्ला मध्ये रुकुम जिल्लामा ९९ प्रतिशत खर्च भएको बताउनु भयो ।

मुख्यमन्त्री कार्यक्रम रोल्पा जिल्लामा २३३ वटा बिद्यालयमा लागु भएको छ भने अन्य प्यूठान जिल्लामा २५७, रुकुम पूर्वीमा ५७ वटा, नबलपरासी जिल्लामा १८१ वटा, पाल्पा जिल्लामा ५०३ वटा, गुल्मी २६४ वटा, रुपन्देहीमा २८८ वटा, कपिलबस्तुमा २६५ वटा बिद्यालयमा संरचना निर्माण भएका छन् ।

कार्यक्रमबाट माध्यमिक बिद्यालय ७सय६३ वटा आधारभूत १ हजार ७सय ६६, धार्मिक ५५ बालविकास १ सय ९५ गरी जम्मा २ हजार ७ सय ७९ वटा विद्यालयहरुमा यो कार्यक्रमबाट सेवा पाएको पुनले बताए । मुख्यमन्त्री सैक्षिक सुधार कार्यक्रमबाट छात्रा ४१ हजार ५सय ४२ जम्मा लाभाविन्त भएका छन् ।
शैक्षिक सुधार कार्यक्रमका सहजकर्ता वसन्त चौधरीले आफूहरुले कार्यक्रम लगेर जान नै नसक्ने थियो तर थोरै रकमबाट कार्य सम्पन्न गरी हाल पढाउन र हेर्न लायक बनाएको बताउनु भयो । प्रदेश शिक्षा निर्देशक मनोज पौडेल मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमवाट शिक्षालाई सुधार गर्न सकिन्छ भन्ने उद्धेश्यले सुरु भएको हो यो कार्यक्रम ले शिक्षक भबन देखी अन्य अभाब भएका बिद्यालयलाई सहज भएको बताउनु भयो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफनो पालिकामा यो कार्यक्रम लागू नभएको भएपनि अरु जिल्लामा शैक्षिक समस्या भएका जिल्ला भित्रका विद्यालयलाई राहत भएको बताउनु भयो ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका अनुगमन अधिकृत चन्द्रकला बुढामगर अधिकृत टंक सुनारले नयाँ कार्यक्रम भएको भएपनि उपलब्धिमुलक भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?