सिटीको सानदार जित

Read Time = 3 mins

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासलमाथि ५-० को सानदार जित हात पारेको छ । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा रोड्री, फिल फेडेन र एमरिक लापोर्टले पनि एक–एक गोल गर्नुभयो । स्टर्लिङले १९औँ मिनेटमा हेड गोलमार्फत् सिटीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । यस्तै एमरिक लापोर्टेले ३८औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । ६१औँ मिनेटमा रोड्रीले र खेलको अन्तिम मिनेटमा फिल फोडनले चौथो गोल गर्नुभयो । त्यस्तै इन्जुरी समयमा स्टर्लिङले दोस्रो गोल गर्दै सिटीलाई फराकिलो जित दिलाउनुभयो ।

जितसँगै लिभरपुललाई पछि पार्दै सिटी अंकतालिकाको शीर्षस्थानमा उल्किएको छ । अन्तिम तीन खेल बाँकी रहँदा सिटीले लिभरपुललाई तीन अंकले पछि पारेको हो । ३५ खेलमा सिटीको ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ । लगातारको हारपछि ४३ अंकका साथ न्युक्यासल १३औँ स्थानमा छ । आइतबारका अन्य खेलमा आर्सनलले लिड्स युनाइटेड र एभर्टनले लेस्टर सिटीलाई समान दुई/एकले तथा वेस्ट हृयाम युनाइटेडले नर्विच सिटीलाई ४-० ले हराएको थियो ।

मिलान शीर्षमा
इटालियन सिरी फुटबलमा पुनरागमन जित निकाल्दै एसी मिलान शीर्षस्थानमा उक्लिएको छ । मिलानले घरेलु टोली हेलास भेरोनामाथि तीन/एक गोलको जित हात पारेको हो । मिलानको जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल गर्नुभयो । घरेलु टोली हेलास भेरोनाका मार्का डेभिड फाराओनीको एक गोल फर्काउनुभएको थियो ।

३८औँ मिनेटमा मार्काे डेभिडले गोल गर्दै फाराओनीलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा सान्द्रो टोनालीले मिलानबाट बराबरी गोल फर्काउनुभयो । ५०औँ मिनेटमा राफायल लियोकै पासमा सान्द्रोले दोस्रो र ८६औँ मिनेटमा जुनियर मेसिएसको पासमा एलेसान्द्रो फ्लोरेन्जीले तेस्रो गोल गर्नुभएको थियो ।

यो जितसँगै मिलानले शीर्षस्थानमा दुई अंकको अग्रता लिएको छ । मिलानको ३६ खेलबाट ८० अंक तथा समान खेलबाटै इन्टर मिलानको ७८ अंक छ । अब दुई चरणको खेल बाँकी रहँदा सिरी ‘ए’ कोे उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने सम्भावना छ । पराजित भेरोना ५२ अंक जोडेर नवौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?