-राजेन्द्र गौतम झापा। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली पत्रकारिताको स्तर दक्षिण एशियामा नै राम्रो रहेकाले त्यसको गरिमा जोगाउन आग्रह गर्नु भएको छ ।
ूनेपालको पत्रकारिताको स्तर दक्षिण एशियामा राम्रो छू सोमबार झापाको बिर्तामोडमा आयोजित १ करोड अक्षयकोष घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, 'यो मैले भनेको कुरा होइन, मलाई विभिन्न देशबाट भेट्न आउनु हुने पत्रकारले भन्नुभएको हो, यसलाई जोगाउनुस् ।'
प्रथम राष्ट्रपति यादवले झापालाई पवित्र र परिवर्तनकारी भूमि उपमा दिनुभयो । 'प्रजातन्त्र स्थापनामा होस् वा पुनस्थापनामा झापाको योगदान स्मरणीय छ' उहाँले भन्नुभयो,'०४६ सालमा झापाको सहादतसँगै आन्दोलनले देशभर उचाई लियो र त्यसकै जगमा प्रजातन्त्र स्थापना भयो।' २००७ साल, ०४६ साल र ०६२ / ०६३ को आन्दोलनमा झापाको अतुलनीय योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।
पूर्वराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत झापाको बलिदान रहेको स्मरण गर्दै भन्नुभयो, ' म धेर बोल्दिनँ, प्रजातन्त्र स्थापना, पुनस्थापना, गणतन्त्र स्थापना र समग्र समाज परिवर्तनमा झापाको योगदान अविस्मरणीय छ ।'
नयाँ वर्षको सुरुमा नै १ करोड दान गर्ने व्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू निक्कै हर्षित बनेको उहाँले सुनाउनुभयो । पूर्वराष्ट्रपति यादवले यो पवित्र कार्यबाट आफूलाई गौरव महसुस भएको भावनात्मक टिप्पणी गर्नुभयो । उहाँले यस्तो काम सबैले गर्न नसक्ने र मन हुनेले दान गरेको भन्दै दाताको खुलेर प्रशंसा गर्नुभयो ।
'सबै मानिस मिलेर बसे समाजको चाँडो विकास हुन्छ, झापामा मिलेर बस्ने समाज छ, सबै मिलेर बस्नु भएको छ, यो नै विकासको जग हो ।' पूर्वराष्ट्रपति यादवले मिलेर बस्ने झापालीको संस्कार भएको बताउनु भयो।
शिक्षकलाई सम्मान गर्न नसकेकोमा चित्त दुखाउनु भएका उहाँले आफू डाक्टर भएपनि अहिले डाक्टरहरु इथिक्समा चल्न नसकेको बताउनु भयो। 'पहिला पहिला के गर्ने कसो गर्ने सबै कुरा शिक्षकलाई सोध्ने चलन थियो , उहाँले भन्नुभयो,'अहिले त्यस्तो छैन, शिक्षकलाई सम्मान गरिन्न, गरिमा घटेको छ ।'
विश्वका विभिन्न देशमा भइरहेको युद्धप्रति चिन्ता व्यक्त गर्नु भएका उहाँले सुडानमा मात्रै २० लाख मानिसले खान नपाइरहेको बताउनु भयो। त्यहाँ युद्धको पीडा ८० लाख मानिसले बेहेरेको भन्दै उहाँले संसारमा भइरहेका लडाइँले कसैको पनि हित नगर्ने बताउनु भयो।
पत्रकार सहारा उपचार कोषमा सहयोग गर्ने सयौँ दातालाई सम्मान समर्पण गरिएको कार्यक्रममा कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धब थापा, एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आआफ्नो धारणा राक्नु भएको थियो।
महासंघ झापा शाखाले २०७३ पुस १६ गते स्थापना गरेको अक्षयकोषमा सबैभन्दा बढी सहारा साकोसले पाँच लाख रुपैयाँ दिएको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई लगायतले दाताको परिचय गराउनुका साथै सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच