परिषद्ले हिमाली क्षेत्रका ११ जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरूमा पनि सक्रिय भएको छ । परिषद्ले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हो ।

परिषद्को सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्ष मात्रै नभएर विगत २७ वर्षदेखि नै परिषद्ले विद्यार्थी लक्षित शैक्षिक सामग्रीहरू वितरण गर्दै आएको जनाउनुभयो ।

विद्यार्थीहरू अध्ययन गर्ने मात्र नभएर भविष्यका देशका कर्णधार भएको पनि उहाँको भनाइ थियो । उहाँले निःस्वार्थ रूपले विद्यार्थीहरूलाई सहयोग गर्ने परिषद्को मुख्य उद्देश्य रहेको भन्दै भूकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको सुनाउनुभयो । यो पटकको शैक्षिक सामग्री वितरण १५औँ पटक भएको उहाँले स्पष्ट पार्नुभयोे ।

उहाँले परिषद्ले हरेक वर्ष कुनै न कुनै सामाजिक कार्यमा सेवा गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?