अपांगता भएका महिलाहरू अन्यायमा पर्दा कानुनी उपचारमा समस्या

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अपांगता भएका महिलाहरू अन्यायमा पर्दा उनीहरूलाई कानुनी उपचार लिनका लागि अत्यन्तै समस्या रहेको अपांग भएका महिलाहरूले गुनासो गरेका छन् । न्यायलयका भौतिक संरचनाहरू अपांगतामैत्री नहुँदा र अदालती प्रक्रिया एकदमै जटिल हुनुको साथै व्यावहारिक रूपमा अपांग भएका महिलाहरूलाई उनीहरूको अवस्थाको आधारमा प्राथमिकता दिने नगरी वेवास्ता गरिदिने र उनीहरूले न्याय पाउनुभन्दा मुद्दा मिलाउने तिर धेरै दबाब दिनेजस्ता कारणले गर्दा अपांग भएका महिलाहरू अन्यायमा पर्ने गरेको उनीहरूले बताएका छन् ।

काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समिति, अपांग भएका महिलाहरूको महासंघ-नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ र श्रवण-दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर ‘अपांग भएका महिलाहरूको न्यायमा पहुँच र कानुन कार्यान्वयनमा चुनौती’ विषयक राजधानिमा आयोजित ‘परामर्श तथा वकालत कार्यक्रम’मा सो कुरा बताएका हुन ।

अपांगता अधिकार वकालत कोष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित सो कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरू, अपांग भएका महिलाहरू, महिला कानुनी व्यावसायी र विज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय महिला आयोगका सदस्य विद्या सिंह तथा सभापतित्व काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समितिका अध्यक्ष अञ्जु रेग्मी अर्यालले गर्नुभएको थियो भने कार्यक्रममा अपांग भएका महिलाहरूले झेलिरहेको कानुनी समस्या तथा अपांगका बारेमा अपांग भएका महिलाहरूको महासंघ–नेपालका अध्यक्ष निर्मला धितालले जानकारीमूलक पेपर प्रस्तुत गर्नुभएको थियो ।

अपांग भएका महिलाहरूको महासंघ-नेपालका महासचिव रमा ढकालले सहजिकरण गर्नुभएको सो कार्यक्रममा सहभागी तथा अतिथि वत्ताहरूले अपांगता भएका महिलाहरूको न्यायमा पहुँच पुर्‍याउन आ-आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा आवश्यक परेमा निःशुल्क रूपमा सेवा प्रदान गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?