दान पेटिकाको रकम दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीको कार्य कक्षमा राखिएको दान पेटिका बन्द गरिएको छ । मन्त्री नियुक्त भएसँगै खादा, मालाको सट्टामा राखेको दान पेटिका बन्द गरिएको हो ।

मन्त्री किरातीले दान पेटिका बन्द गरिएको जानकारी दिँदै संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताउनुभएको छ । मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताउनुभएको छ ।

संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उहाँले बताउनुभयो । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?