झाडापखालाले दाङमा एक बालिकाको मृत्यु, १७ प्रभावित

हिमालय टाइम्स
Read Time = 2 mins

-विवेका खड्का
दाङ । दाङको राजपुर गाउँपालिका-७ भैंसाहीमा झाडापखाला फैलिदा एक बालिकाको मृत्यु भएको छ । झाडापखाला फैलिदा अरु १७ जना बिरामी भएका छन् । झाडापखाला फैलिदा ७ बर्षिया सम्झना परियारको मृत्यु भएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक कमल बहादुर रोकायाले पुस्टी गर्नुभएको छ ।

अहिले सो क्षेत्रमोत्र स्वास्थ्यकर्मीले उपचार गरिरहेको छ । बिहिवार दिउँसोदेखि झाडापखाला फैलिएको र त्यसैदिन बालिकाको ज्यान गएको उहाँले वताउनुभयो । नाका क्षेत्रमा फोन सम्पर्क नहुने र भारतको बाटो जानुपर्ने भएकाले उपचारमा समस्या रहेको उहाँले वताउनुभयो ।

स्थानीय भैंसाही खोलाको दुषित पानी खाँदा झाडापखाला फैलिएको रोकायाले बताउनुभयो । राजपुर गाउँपालिका ७ भैंसाहीनाकाका ५३ वर्षिया शेषमती बुढाथोकी, २८ वर्षिया लालमती परियार, उनकी छोरी ३ वर्षिया सपना परियार, ९ वर्षिया अस्मिता बुढा, २३ वर्षिया विमला राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरी र डेढ वर्षिय हिमाल राना बिरामी परेको उहाले वताउनुभयो ।

यसैगरी राजपुर ७ भैसाहीनाकाका ३८ वर्षिय केशरबहादुर घर्ती, ३५ वर्षिय गंगाराम परियार, १२ वर्षिय शेरबहादुर घर्ती, २८ वर्षिया प्यारी राना, ६८ वर्षिया अम्बा पुन, ३७ वर्षिय सुनमाली कवर, २७ वर्षिय शोभा गिरि, ३३ वर्षिया पार्वती कवर र डेढ महिनाकी तुलसी घर्ती पनि बिरामी हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?