चामलको बोराभित्र लुकाएकाे लागुऔषधसहित प्रहरीद्वारा दुई जना पक्राउ

Read Time = 2 mins

मकवानपुर । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषध नाइट्रोभेट छ सय ट्याब्लेट, डाइजेपाम नौ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागुऔषध बरामद भएको थियो ।

बरामद लागुऔषधका बारेमा सोधपुछ गर्दा जटाशङ्करले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना२६प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

बरामद लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?