सेमिनार तथा कोर्स सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको आयोजनामा पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १३५ जना सहभागी छन् ।

आयोजक सङ्घका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य सम्राट कुसारी, सङ्घका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुव गुरुङ, सङ्घका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति थियो ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?