आफ्ना सेनाको खानेकुरामा युक्रेनले विषादी मिसाएको रुसको आरोप

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने युक्रेनको गृह मन्त्रालयले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तताको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएको छ ।

‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शासनद्वारा अनुमोदित रासायनिक आतंकवादको तथ्यबारे रुस सबै विश्लेषणको नतिजा र प्रमाण तयार गरिरहेको छ’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । विषाक्त खानेकुराबाट कतिजना सेवाकर्मी पीडित छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भन्ने केही खुलाइएको छैन् । त्यस्तै, रुसी सेनाले आवश्यक प्रमाण पनि जुटाएको छैन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?