हरि उप्रेतिको ‘प्रभु वन्दना’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । गीतकार हरि उप्रेतिको भजन एल्बम ‘प्रभु वन्दना’ सार्वजनिक भएको छ । वैष्णव परिषद् अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भक्ति गीति एल्बम ‘प्रभु वन्दना’ विमोचन गरिएको हो ।

उक्त विमोचन समारोहमा गीतकार उप्रेति र सोही एल्बमका गायक भीम ढकालको उपस्थिति थियो । सयौं भक्तजनको उपस्थिति माझ सम्पन्न भएको समारोहमा धार्मिक गुरु स्वामी दमोदर आचार्य तथा गीतकार उप्रेतिका माता-पिता, कर्म दिने माता-पिता एवं गायक ढकालका माता–पिताका हातबाट भक्ति गीत ‘प्रभु वन्दना’ विमोचन गरिएको थियो । एल्बममा ‘हे गणनायक’, ‘गुरु हुन हाम्रा’, ‘माता हाम्री लक्ष्मी’, ‘शिव तिम्रो शिरमा’, ‘यो शिर मेरो’ र ‘राम तिमीले’ जस्ता ६ वटा भजन संग्रहित गरिएको छ ।

समारोहमा वैदिक सेवा समाजका पूर्वअध्यक्ष काँशी अधिकारीले स्रष्टाहरूको परिचय दिनुभएको थियो भने उक्त भजन गीति एल्बमको संक्षिप्त समीक्षा पं.श्री नारायण साण्डिल्य र गायक लोक पौडेलले गर्नुभएको थियो । सो भजन गीति एल्बममा तृप्ति खड्काको एकल संगीत छ । कार्यक्रमलाई राम बाँस्कोटाले सञ्चालन गर्नुभएको थियो । भजनलाई हरि उप्रेतीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हरि उप्रेति नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?