जापानी प्रधानमन्त्रीलाई कोभिड संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ ।

प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।

खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पिसिआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ ।

कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?