एकहप्ते रिभर गाइड तालिम सुरु

Read Time = 2 mins

काठमाडौं । नेपाल पर्यटन बोर्डलगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा एकहप्ते रिभर गाइडको लाइसेन्सिङ तालिम सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा तालिम सुरु भएको हो ।

जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा सुरु भएको तालिम कार्यक्रममा १२ महिला र २८ पुरुष गरी ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । बोर्ड, एसटिएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभएको छ ।

नाथमका विभागीय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडको माग रहेकाले तालिमबाट जनशक्ति आपूर्तिमा सहयोग पुग्ने बताउनुभयो । नाराका अध्यक्ष शिव अधिकारीले बोर्ड तथा एसटिएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यसअघि महिला रिभर गाइडको निःशुल्क तालिम सञ्चालनमा ल्याएको जानकारी गराउनुभएको थियो ।

एसटिएलआरपी परियोजनाले नारासँगै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान) तथा विभिन्न गाउँपालिकासँगको सहकार्यमा अल्पकालीन परियोजना सञ्चालन गरी गत वर्ष करिब छ हजारजनालाई अल्पकालीन रोजगारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?