गहत खाने गर्नुभएको छ ? महाऔषधिका रुपमा यस्ता छन् गहत खानुका फाइदा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशको विभिन्न स्थानमा विभिन्न नामले परिचित यस दलहन बाली गहत जाडोको अचुक औषधि नै हो ।

गहत एउटा गेडागुडि तरकारी अथवा दालको रूपमा खाइने वनस्पती हो। यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी लोरम’ हो । नेपाल भारतको विभिन्न ठाउँमा गहतको खेती गरिन्छ।गहतको खेती बर्षा सुरुहुनु भन्दा पहिले अथवा बर्षाको सँगसँगै गहतको बिउ छरिन्छ।

पहिले गहतको महत्व नबुझेका कारण यसलाई पुर्णरूपमा बेवास्ता गर्ने गरिन्थयो । 'जात फाल्नु गहतको झोलमा' भन्ने उखान त हाम्रो समाजमा अझौ व्याप्त छ ।वास्तवमा आजसम्म हामीले यति महत्वपुर्ण बालिलाई हलुका तरिकाले लिनुनै हाम्रो ठुलो गल्ती हो ।

गहत पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पु-याउँछ ।गहत पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ ।

यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ । जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ ।

धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ ।

पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्ध महाऔषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ ।

यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ ।
बाथ ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ । यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ ।वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ ।

-पत्रपत्रिकाको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?