सर्लाहीमा मात्र ‘मिटरब्याजी’ आरोपी बिरुद्ध ४२७ उजुरी

Read Time = 3 mins

-प्रकाश मैनाली
सर्लाही । सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आब्हान गरेपछि पीडितहरु धमाधम खुल्न थालेका छन् ।

सरकारले गरेको आब्हान पछि सर्लाही ४ सय २७ जानले उजुरी गरेको जिल्ला प्रशासन कार्यालाय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी हरिप्रसाद अधिकारी बताउनु भयो । सरकारले भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भएपनि कतिपयको अहिले पनि उजुरी दिइ रहेका र ५ गते पछि आएको उजुरीको छुटै लगत राखेर दर्ता गरिरहेको सर्लाही प्रसाशनले जनाएको छ । सर्लाहीमा धेरै उजुरी गत बिहीबार परेको छ र सोही पीडितहरुले सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका थिए । पीडितहरुले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले समेत सहभागी भइ समर्थन जनाएका थिए ।

सर्लाहीमा मुख्यत ‘मिटरब्याजी’ आरोपितमा श्याम परदेशी भन्ने श्यामकृष्ण साह, रामबाबु राय, सन्जय साह रौनियारको नाम पहिलेदेखि चर्चामा रहेको भएपनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय, रामचन्द्र रायलगायतको नाम पनि आउन थालेको छ ।

आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर निवासी सन्जय साह रौनियार अहिले सर्लाही प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध चर्को ब्याज अर्थात् मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । यस्तै, मुख्य आरोपित श्यामकृष्ण साह अदालतको आदेश अनुसार अहिले थुनामा छन् भने रामबाबु राय फरार रहेका छन् । बरहथवाका रामबाबुलाई प्रहरीले यसअघि दुई पटक पक्राउ गरेको थियो ।

मधेशमा कपाली तमसुक बनाएर चर्को ब्याजमा ऋण लगानी गर्ने र ऋण लिएको रकम भन्दा धेरै रकम फिर्ता गर्दा समेत साहुको ऋण चुक्ता नहुँदा धेरै परिवार पीडित बन्दै आएका छन् ।

-फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?