‘दि हेराल्ड’ मा पहिलो पटक महिला सम्पादक

हिमालय टाइम्स
Read Time = 3 mins

एडिनवर्ग । स्कटल्याण्डको ब्रोडसिट ‘दि हेराल्ड’ पत्रिकाले पहिलो पटक महिला सम्पादक नियुक्त गरेको छ । पत्रिकाको आफ्नो २३९ वर्ष लामो इतिहासमा पहिलो पटक महिला सम्पादक नियुक्त गरिएको हो ।

पत्रिकाले क्याथरिन सालमोण्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको छ । उहाँले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्यूजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हाल्नु भएकोक छ ।
सालमोण्डले डोनाल्ड मार्टिनको स्थान लिनुहुनेछ । मार्टिनको कार्यकाल यही ३१ अगष्टमा समाप्त हुँदैछ । उहाँले भन्नुभएको छ, ‘दि हेराल्डमा आबद्ध हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु र यस नयाँ अध्याय इतिहासमा रोमाञ्चक हुनेमा म विश्वस्त छु ।’

उहाँले अगाडि भन्नुभएको छ, ‘हामी स्कटल्याण्डको उत्कृष्ट समाचार ब्राण्डहरूमध्येको एउटा अनलाइन र प्रिन्टमा अपेक्षित बलियो, तीव्र, र ऊर्जावान पत्रकारिता प्रस्ताव गर्छौं भन्ने सुनिश्चित गर्दै पत्रिका र यसका कर्मचारीलाई विजेता बनाउँदै मैले दृढता र जोससहित नेतृत्व गर्नेछु ।’

‘हाम्रो उद्योगले सामना गरेको दबाबप्रति हामी सबै सचेत छौं, तर बौद्धिक, दृढ र अगाडि सोच्ने एउटा समूहसहित दि हेराल्डलाई राम्रो तहमा राखिएको छ ।’ न्यूजक्वेस्ट स्कटल्याण्डका प्रधानसम्पादक क्यालुम बेयर्डले भन्नुभएको छ, ‘यो स्पष्ट थियो की क्याथरिनको महत्वाकांक्षा हाम्रो आफ्नैसँग मेल खान्छ र उहाँको दृष्टिकोण दिन समूहसँग कसरी काम गर्नुहुन्छ भन्ने हेर्न हामी उत्सुक छौं ।’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?