खप्तड लघुवित्तको आईपीओ बिक्री खुला

Read Time = 1 min

काठमाडौं । खप्तड लघुवित्तले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । आज(बुधबार) बिहान १० बजेबाट कम्पनीले आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ।

जसमध्य ५ प्रतिशत अर्थात् ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी १ लाख २३ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?