सिट बाँडफाँटबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिनुभएको छ ।

कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनुहुनेछ । कोरोना भाइरसको संक्रमण भएका कारण उहाँ बैठकमा अनुपस्थित हुने बताइएको छ ।

कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।

यसअघि बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जानुभकाले आजका लागि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?