जुडो खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि संयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि वशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट हुनुभयो ।

महिला ५७ केजीमुनि सञ्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिनुभएको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जनाउनुभएको छ ।

टेबलटेनिसको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट हुनुभयो । महिलामा इना डंगोल, स्वर्णिमा कंशाकार र प्राज्ना महर्जन छानिनुभयो । महिलामा बाँकी दुई खेलाडीको छनोट पछि गरिने छनोट संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?