थप १७३ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रमणमुक्त

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?