नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास हुँदैन : अध्यक्ष केसी

Read Time = 4 mins

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताउनुभएको छ ।

आईतवार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत ३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली भाषी चलचित्रलाई नेपाली सिनेहलमा पहिलो प्राथमिकतामा राखेको पनि बताउनु भयो । उहाँले नेपाली चलचित्रका निर्माताहरुले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गर्नुभयो । अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गर्नुभयो । उहाँले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताउनु भयो ।

अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गर्नुभयो । उहाँले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रिय स्तरको बन्ने बताउनु भयो । उहाँले प्रेमगीतले यो वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा नेपाली चलचित्र पनि विश्वमा प्रदर्शनी हुने बताउनु भयो । वरिष्ठ अभिनेता थापाले चलचित्र सुटिङमा मनसुनको धेरै दुःख सहेर काम गरेको बताउनु भयो । उहाँले सुटिङमा सबैले रमाइलो गरेको अनुभव सुनाउनु भयो । उहाँले नेपालीको मनभित्र नेपाली चलचित्र नै हुनुपर्ने बताउनु भयो । उहाँले हिन्दीमा डबिङ भएको प्रेमगीत हेर्ने भन्नेकुरा आएकोले नेपाली भाषामै रहेको चलचित्र हेर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले सकरारले चलचित्र प्रेमगीत ३ को कर फ्रि गर्न माग गर्नुभयो । उहाँले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले कलाकारलाई सम्मान गर्ने हो भने अग्रज कलाकारबाट सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले मनाङमा पुगेर प्रेमगीत ३ को सुटिङ गर्दा निर्माता टिमले अभिभावकको जसरी कलाकारहरुलाई ध्यान दिएको बताउनु भयो । उहाँले मातापिताको जस्तो अभिभावकीय भुमिका निर्माण पक्षले गरेको भन्दै प्रशंसा गर्नुभयो ।
नेपाली चलचित्र प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारहरुको मुख्य अभिनय छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?