काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तारसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय बक्सिङ डे (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्ट महिनामा क्युवाको हवानामा आयोजित प्रथम आइवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरूप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तारिखलाई अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउँदै आएको थियो ।
सन् २०२१ देखि २२ जुलाइको सट्टा अगष्ट २७ लाई नियमितरूपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने गर्छ । आइवाले वर्ष २०२२ लाई अफ्रिकाको वर्षका रूपमा घोषणा गर्दै किन्शासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ डेका अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको र स्वयं अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरी बक्सिङ खेल विकास र विस्तार गर्न महŒवपूर्ण योगदान पु¥याएकोमा धन्यवादसमेत व्यक्त गर्नुभयो ।
साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आइबालाई लगाएको प्रतिबन्ध यथावत् रहेको जानकारी गराउँदै आउँदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागिता सुनिश्चितताका लागि आइबाले मेहनत गर्नुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय बक्सिङ डे २७ अगष्ट २०२२ को शुभ अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका खेलाडी तथा खेलप्रेमी महानुभावहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा उक्त कार्यक्रम ओलम्पिक कमिटीको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू, रामबहादुर गिरी, श्याम काजी अवाले, शोभार जंग केसी, पुष्करराज पन्त, आइबा वान स्टार रेफ्री/जज एवं आठौं सागका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर, आइबा थ्रीस्टार कोच दीपक महर्जन, पूर्वप्रमुख प्रशिक्षक ओम मास्के, आइबा टुस्टार कोच रमेश दास श्रेष्ठ, आइबा स्टार रेफ्री ताराराम श्रेष्ठ, आइबा स्टार रेफ्री एवं बागमती प्रदेश खेलकुद विकास परिषद् बोर्ड सदस्य धनकुमार मैनाली, आइबा स्टार रेफ्री दिनेश वासुकला, राष्ट्रिय कोचहरू, प्रेम पौजु, रत्न अवाले, रोहित अवालेलगायत उल्लेख्यरूपमा बक्सिङ खेलाडीहरूको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच