
भोजपुर । कर्मचारी मिलन केन्द्र भोजपुरको आयोजनामा भोजपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।
नजिकिदै गरेको चाड पर्वहरुको अवसरमा केन्दले बुधवार जिल्ला अस्पताल भोजपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम १५ जनाले रक्तदान गर्नु भएको कर्मचारी मिलन केन्द्र भोजपुरका सचिव प्रकाश खडकाले जानकारी दिनुभयो । जिल्ला अस्पताल भोजपुरको ब्यवस्थापकिय सहयोग र नेपाल रेडक्रस सोसाईटी भोजपुरको प्राबिधिक सहयोगमा रक्तदान भएको छ ।
सो अवसरमा जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ९ मा रहेको जनसेवा माध्यामिक बिद्यालयबाट २०७९ सालको एसईई परीक्षामा सामुदायिक बिद्यालय तर्फ तीन दशमलव ३५ प्रतिशत जिपिए ल्याउने छात्रा जुना अछामीलाई पुरस्कृत समेत गरिएको छ ।
रक्तदान कार्यक्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, गणपति फडिन्द्र थापा, प्रहरी प्रमुख सुदिपराज पाठक, सशस्त्र प्रहरी प्रहरी प्रमुख जगत बहादुर दुवाल, केन्द्रका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच